पोखरा पहिलोपटक राष्ट्रिय स्नुकर प्रतियोगिता हुने

पाेखरा | साउन २९, २०७९

पोखरा पहिलोपटक राष्ट्रिय स्नुकर  प्रतियोगिता हुने

पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।

 

डेभिज स्नुकर क्लबले आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन गर्ने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

आयोजकका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेताले नगद १ लाख ५१ हजार १ सय ११ र ७१ हजार १ सय ११ र ट्रफी शिल्ड पाउनेछन् । खेलको सेमिफाइनल पुग्ने दुुई जनाले नगद १५ हजार ट्रफी सहित शिल्ड प्राप्त गर्नेछन् भने, सर्वाधिक ब्रेकरले २१ हजार १ सय ११ ट्रफी, शिल्ड पाउनेछन् ।

 

प्रतियोगिताको अवसरमा कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रहि स्नुकर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ । गण्डकी प्रदेशको सर्वाधिक पुुरस्कार राशीको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुर्‍याउने आयोजकले लक्ष्य लिएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्